सकुन लिम्बू
मेरो फाटेको जामा
कविता/ जब जब दसै नजिकिँदै गर्छ तब मेरो बाल्यकालको दर्पण नयन भरी नाच्न थाल्छ जुन बेला गरिबीको चपेटाले परालको छानो झुपडीको छाँया मुनि अन्धकार साम्राज्य भित्र सन्तानको भोकको प्यास मेटाउन आमा माटोको भाडामा एक मुठी मकै लिएर चुलानीर होमिनु हुन्थियो । आफै जलेर – आफै ठोसिएर बाल्नु हुन्थियो आमा निभेको चुलो म उफ्रिन्थे, नाच्थे, रमाउथे देखेर संघारको दशै देखेर आगनको दिपावली तथापि, लाग्थ्यो मेरो खुशी बिरुद्ध छ यो समय कारण ! मेरो बाबाको पसिनाले रंगिएको मेरो आमाको ममताले झल्किएको मेरो नयाँ जामा क्षण भर मै दु:खले बलेको अगेनाको झिल्का उठेरफुर्सदमा