सुष्मा रानाहँमा
मखमली सम्झना
…घुमाउथिन् आमाले आफ्नै जीवनको ढिकीमा कुटेर बनाकाे पिठोकाे फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धान झुलेर खेतका गह्राहरु मास पाकेर आलीहरु रमाउदै गर्दा उसो त बारीका कान्लाहरु, आगन डिलहरुलाई हसाइरहेका हुन्थे फुलेका ति सयपत्री, गोदावरी, मखमलीहरुले । यतिबेला कता पुगिन् होली भट्याउदै जीवनको भैलेनीहरु? हो उनीहरुलाई नै पछ्याउन मन छ त्यही गोरेटोहरुमा औंशीको रातमा बल्ने ती उज्याला सलेदो वाला कुपिहरुले बोलाएका दिपावलीमा फेरी रम्ने मन छ त्यत्रै भएर, त्यस्तै भएर । बलिराजाले पठाएकाहरुले भट्टाएका देउसिरे, दिएका आशिष् त्यही सिकुवामा उभिएर अझै सुन्न मन छ । त्यो बेला पटकाहरुफुर्सदमा