सूर्य खत्री “घायल”
..दशैँ
कविता म सानै हुँदा मेरो झुपडीबाट दशैँ निस्केर गएको थियो भन्थ्यो यो बर्ष अनिकाल उसिनेर खाँदै गर्नु अर्को साल एक जोर नयाँ कपडा दशैलाई पुग्ने एक पाथी चामल हरिया लोती भएका हात्ती छाप चप्पल लिएर आउछु भनेको तिसौँ सरद बितिसकेको छ आज सम्म फर्केन मेरो झुप्रोमा मेरो दशैँ यो साल पनि मैले गरीबी कै पक्कु अनि सेकुवा बनाउने आधी भोकमारीमा झोल हाल्ने र आधी भोकमारी भुटेर खाने निर्णय गरिसके खै किन आएन मेरो बस्तिमा मेरो दशैँ अझ सम्म म बेखबर छु । सायद मेरो दशैँ लुटियो होला शहर तिरै रफुर्सदमा