स्थानीय तहको चुनाव
स्थानीय तहको चुनावबारे केही सवाल र भ्रमहरु
सरकारले अबको करिब तीन महिनापछि स्थानीय तहको चुनाव गर्ने अनौपचारिक रुपमा घोषणा गरिसकेको छ । त्यसैको तयारीस्वरुप अचेल सबै दल आ – आफ्नै रणनीति बनाउन र सांगठनिक भेला बैठक गर्नमा ब्यस्त छन् । सबै राजनीतिक दलले हारजितको आफ्नैखाले हिसाबकिताब पनि गरिसकेका छन् । हारजितको आधार गाउँगाउँमा भएको आफ्नो दलिय उपस्थितिलाई बनाएका छन् । तर चुनाव भन्या संगठन बलियो भएरमात्रै जितिने कुरा होइन । दलहरुले यतातिर भने खासै ध्यान दिएको पाइन्न । कतिपय ठाउँमा संगठनको अवस्था तेस्रो – चौथो पोजिसनमा भएकाले पनि बिगतमा चुनाव जितेका छन् । अझ रमाइलो कुरा तफुर्सदमा