हाङ्सेम लिम्बु
नेपाली जनसम्पर्क समितीको महाधिवेशनमा नौ बुदे घोषण सहित उपसभापतिमा चेम्जोइ०को उम्मेद्धारी
नेपाली जनसम्पर्क समितीको कोरियाको मे ६ तारिख आइतबार गरिने पाँचौ महाधिवेनको लागि वर्तमान समितीका सहमहान्त्री भिमराज चेम्जोइ०ले उपाध्यक्ष पदको लागि उम्मेद्धारी दिने घोषणा गरेका छन् । घोषणा संगै नौ बुदे प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । कोरियामा उनले क्षेत्रिय सचिव हुदै सउल केन्द्रिय समितीका सहमहामन्त्रिसम्मको पदिय जिम्मेवारी सहित पार्टीगत यात्रा तय गरेका छन् । नेविसंघको इकाई समितीबाट राजनीति शुरु गरेका उनी निडर र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनी सामाजिक संघ संस्थामा समेत सक्रिय छन् । पार्टीमा गुटबन्दीको हावी रहेपनि आफू कुनै पनि गुटबन्दीको पक्षमा नरहेको उनको भनाइ छ ।फुर्सदमा