हुम सुनारी मगर
आदिवासी जनजाति महासंघ साउदी अरबको अपिल
साउदी अरब साउदी अरबमा बैदेशिक रोजगारीमा गएका केही नेपाली कामदारहरु १५ दिनदेखि एक होटलमा बन्दी जस्तै बनेकाले चाडो उद्धार गर्न साउदी अरब स्थित राजदूताबासलाई नेपाली आदिवासी जनजाति महासंघले विज्ञप्ती जारी गरी आग्रह गरेको छ । पीडित मध्ये तेज बहादुर तामाइ०ले महासंघलाई सम्पर्क गरी आफूहरुलाई जति सक्दो चाडो उद्धार गर्न आग्रह गरेका छन् । म्यान पावरले भने जस्तो तलब नदिएको , दैनिक १२ देखि १४ घण्टासम्म काममा खटाउदै शारिरीक तथा मानसिक यातना दिएको पीडितले जनाएका छन् । काठमाण्डौको कान्तीपुर म्यानपावर कम्पनीबाट उनीहरु साउदी अरब पुगेका थिए ।