मृत्युपत्रमा हस्ताक्षर गर्दै महासमरमा हिंडेको दिन -एक छापामारको डायरी-२


साम्यवादी सपना ।
समानताका कल्पनाहरू ।
सामन्तवाद-साम्राज्यवाद बिरोधि दरिलो अडान ।
जनयुद्ध सफल पारेरै छाड्ने चट्टानी मक्सद ।
गुरिल्ला  बनेरै छाड्ने दृढ निश्चयता ।
साथीहरूसँगको एक तमासको भलाकुसारी ।
नयाँ बाटोको नवीन यात्राको खुल्दुली ।
चुनौतीपूर्ण यात्रा पूरा गर्ने अठोट ।
जिवनोत्सर्ग गर्न परे पनि हाँसीहाँसी गर्ने बाचा ।
कमरेडली भावना ।
एक आपसमा आत्मीयता साट्दै सल्लिपीर सुसाईरहेको जुँगुको उकालो सकिनै लाग्दा बाटामा क. प्रभात र क. प्रतिकसँग भेट भयो । एक आपसमा अभिवादन गरेपछि वहाँहरूले हामीलाई यसरी जानुहोस भनेर बाटो देखाउनु भयो । वहाँहरू चाहिँ बन्चरे लाल बहादुर थामीको दाइको घरमा भरुवा बन्दुक लिन हिंड्नुभएको रहेछ । त्यतिबेलाको मुख्य हतियार नै भरुवा बन्दुक थियो ।

लाल बहादुर दाइ पनि माले कालदेखि नै भूमिगत पाल्ने र क्रान्तिलाई सहयोग गर्ने मान्छे हुनुहुँदोरहेछ । त्यसै गरी नरिभूईंको गोपीलाल थामी पनि पहिलेदेखि नै एक नम्बरको कम्युनिस्ट हुनुहुँदोरहेछ । वहाँ कत्ति पनि नडराउने खालको हक्की स्वभावको मान्छे हुनुहुँदोरहेछ । पछि आएर थाहा भयो ।

यसरी २०४० सालको पिस्कर हत्याकाण्डमा ईली थामी र वीर बहादुर थामीको शहादत पछि नै थामी जातिहरू जुर्मुराएका रहेछन । तर उनीहरूको जिन्दगी जहाँ पनि जहिले पनि जस्ताको तस्तै रहेछ । यसको बारेमा पनि पछि अबस्य चर्चा गर्नेछु । हामी पछिल्लो पुस्ताले पनि यहीँबाट क्रान्तिको ठूलो पाठ सिक्यौं । हाम्रो जिन्दगीमा अरु उपलब्धि नभए पनि समाजलाई बुझ्ने मौका भने पायौं ।

एकैछिनको भलाकुसारी पश्चात हामी माथि डाँडामा उक्लियौं । डाँडामा पुग्दा दिनलाई मिर्मिरे साँझले छोप्नै लागेको थियो । गौरीशंकरको टोपीमा अलिकति भएको पँहेलो घाम पनि डुब्नै लागेको थियो । तल तामाकोसी आफ्नै रफ्तारमा सुसाउँदै बगिरहेको थियो । हाम्रै गाउँबाट बगेर आउने गुमुखोला पनि दौडिंदै तामाकोसीमा हामफालिरहेको थियो । कालिन्चोकको फेदीबाट बग्ने खोलाको खास नाम हो भद्रावाती खोला । तर अलि तल आएपछि गुमु गाउँ हुँदै बग्ने भएकोले गुमुखोला भनिएको हो ।

गुमुखोलाले गाउँको याद बोकिल्याएकोले पछाडि फर्केर हेर्दा आफ्नो गाउँ पनि  गोधूली सन्ध्यामा सुस्ताईरहेको थियो । यस्तै-यस्तै  गाउँहरुको मुहार फेर्ने शपथ खाएर नै यसरी हिंडेको कुरा सोचिरहेंथें । साथीहरू पनि गाउँको यादमा डुबिरहेका थिए । तर सबैले सम्हालिने आँट गरिरहेका थियौं ।  खेतका गह्राहरूमा भर्खर धानको बाला पँहेलिन लागेका थिए । मन एक तमासको भईरहेको थियो । फेरि पनि सल्लीपिरको सुसाईले आफ्नो लक्ष्यमा भेट्न निरन्तर  हिंड भन्ने दिशानिर्देश गरिरहे झैं लाग्थ्यो । हिंड्दाहिड्दै बाटोमा नथाक्नु भनेर साहस थपिरहे झैं लाग्थ्यो । ढाडस दिईरहे झैं लाग्थ्यो । हामीले पनि थप हौसला बटुल्नुको विकल्प थिएन ।

त्यसपछि डाँडाबाट ओरालो झरियो । ओरालो झर्दाझर्दै तल एउटा ठूलो घर देखियो । रित बहादुर दाइको घर त्यही होला भनेर अनुमान लगायौं । एक आपसमा कुराकानी गर्दै घर नजिकै पुग्यौं । घरको पछाडिपट्टी केराको झ्याङ नजिकै क. प्रकाश भरुवा बन्दुक बोकेर सेन्ट्री बस्नुभएको रहेछ । नभन्दै त्यही घर नै रित बहादुर दाइको घर भएको एकिन भयो । झट्ट सम्झँदा जनमुक्ति सेनाको  क्याम्पको याद आयो । यो घर त जनमुक्ति सेनाको क्याम्प पो हो कि झैं लागिरहेको थियो । सेन्ट्रीसँग अभिवादन गरेर दरिलो हात मिलाएपछि फेरि क. सन्तोषसँग भेट भयो । उहाँ तत्कालीन सिन्धु+दोलखा संयुक्त जिल्लाको सेक्रेटरी हुनुहुन्थ्यो । शिक्षक जागीर छोडेर क्रान्तिमा हिंड्नुभएको रहेछ । वहाँमा त्यतिबेला निकै ठूलो क्रान्तिकारी जोश थियो । प्रशिक्षण दिने कला थियो । वैचारिक नेताको रुपमा चिनिन्थे । हेर्दा सरल तर कडा मिजासको हुनुहुन्थ्यो । वहाँको प्रशिक्षण कलामा हामी निकै मन्त्रमुग्ध हुन्थ्यौं ।

त्यसपछि आमासँग पनि भेट भयो । परिवारका सबै सदस्यहरूसँग पनि भेट भयो । आमासँग भेट हुँदा निकै खुशी हुनुभयो । क्रान्तिकारी आमाहरू साँच्चै नै महान हुँदारहेछन भन्ने अनुभूति भयो । आमाको बारेमा पहिले नै साहसिक कुराहरू सुनेको थिएँ । सामन्तीहरूसँग मुकाविला गरेको । सामन्तीहरूसँगको लडाइँमा जेठो छोरो हिरासतमै बितेको पीडादायीक कुरा सुनाउनु भएको थियो । तर वहाँमा निकै ठूलो आक्रोशाभाव झल्किन्थ्यो । प्रत्यक्ष भेटेपछि क्रमशः कुराहरू थाहा हुँदै गयो ।

अनि बल्ल शुरु भयो क्रान्तिकारी प्रशिक्षण र भलाकुसारी । क. सन्तोषले भूमीगत जीवनको बारेमा छोटोमीठो ब्रीफिङ दिए । हामीले अचम्म मानेर सुनीरह्यौं । मुन्टो हल्लाएर समर्थन जनायौं । त्यतिबेला मुन्टो हल्लाउनुको विकल्प पनि त थिएन । आगामी दिनहरू चुपचाप सहनु बाहेक । तर पनि जस्तोसुकै जोखिम उठाउन तयार भएर हिंडेको मान्छेलाई केही फरक परेन । हामी सबैले बलिदानी भावले ओतप्रोत भएर थप शपथ खायौं । झोला र एकसरो कपडा त हामी आफैंले लगेका थियौं । कुरो आयो हतियारको । हतियारको नाममा मेरो भागमा एउटा सिरुपाते कर्द जत्रो खुकुरी र जिलेटिनलाई कागजले बेरेर सुथरीले बाँधेको बम हात पर्‍यो । त्यो बम आलु बम जस्तो थियो । कसरी पड्काउने भन्ने पनि थाहा थिएन । विस्तारै जानिएला भन्ने सोचियो । बरु भरुवा बन्दुक राम्रोसँग चलाउन आउँथ्यो । त्यतिबेला भरुवा बन्दुक त छापामार कमान्डरले मात्र बोक्दा रहेछन् । अचम्म लागेर आयो । भरुवा बन्दुकको पनि यति महत्त्व हुँदोरहेछ भनेर ।

जिल्ला सेक्रेटरी र एरिया सेक्रेटरीहरूले  बाह्र बोर बन्दुक र ३१५ राइफलजको गोली जाने पिस्तोल बोक्दारहेछन । यी गतिविधिहरू देख्दा अचम्मै लागेर आउँथ्यो । यसरी कहिले युद्ध जितिएला झैं लाग्थ्यो । किनकि म सानै उमेरदेखि जिज्ञासु थिएँ । हरेक कुराको ज्ञान हुनुपर्ने हुटहुटी जाग्थ्यो । नयाँ नयाँ ज्ञान सिक्न मन लाग्थ्यो । हाम्रो टोली मध्यमा क. गगन र क. चिमाल अलि बाठाटाठा देखिन्थे । क. सागर र म त झन सोझा जस्ता देखिने भएकाले पत्याउने कुरै भएन । बेलुकीको खाना खाईसकेर सुत्ने कुरा भयो । सुत्न कहाँ जाने ? भन्दा त गुन्द्री र सिरक बोकेर खनायोको रुख मुनी । त्यो रात खनायोको रुख मुनी सुत्दा कत्ति पनि निद लागेन । झुप्रे भए पनि आफ्नै घर । आफ्नै सुत्ने ओछ्यान । बाबाआमाको माया । भाइबहिनीको यादले निकै सतायो । भाइबहिनी पनि सानासानै थिए । उनीहरूलाई पढाउने जिम्मा पनि जेठोबाठोको हिसाबले मेरै काँधमा आईपरेको थियो । सानोतिनो केही जागीर गरेर भाइबहिनीलाई पढाउँला भन्ने लागेको थियो ।

नेताहरूले गोबरमा मात्र लोभ नगरेर माउ गाइ नै ल्याएर दुध खाने कुरा गरेका थिए । होला त नि भनेर यी जिम्मेवारी पूरा नगर्दै क्रान्तिको जिम्मेवारी बहन गर्न हिंड्नुपर्‍यो । यस्तै तर्कनाहरूले सतायो । त्यही पनि आधा रातमा पानी परेर बिचल्ली बनायो । सपनाहरू त पछि गएर यसरी नै बिचल्ली हुने होइनन् ? भन्ने कुराले नसताएको होइन । तर  गुरिल्ला बन्ने त यसरी नै रहेछ भन्ने आभाष भयो । राति नै फेरि घरमा आएर एकछिन सुतियो । घरमा सुतेको आनन्द नै छुट्टै हुने । तर बाध्यताको चपेटालाई सहनै पर्ने ।

क्रान्तिकारी जीवनको शुरूवात यसरी विषमताका बीचबाट नै भयो । बिहान उज्यालो भएपछि फेरि सामान्य कुराहरू भयो । मेरो झोलामा ‘जन्जीरले बाँधिएका हातहरू’ भन्ने कविता संग्रह थियो । त्यो कविता संग्रह बलराम तिमिल्सिना लगायतका योद्धाहरूद्वारा जेल बस्दा लेखिएको कविता संग्रह रहेछ । त्यसले पनि निकै उर्जा दियो । जेल क्रान्तिकारीहरूको लागि युद्धको ट्रेन्च त्यतिकै भनिएको होइन रहेछ भन्ने लाग्यो । त्यही किताब चाख मानेर पढें । तर गुरिल्ला हुने ईच्छाले उचालिरह्यो । अब गुरिल्ला तालिम कहिलेदेखि होला भन्ने जिज्ञासाले निकै सताईरहेको थियो । गुरिल्ला तालिम त रुखरुखै उड्न सक्ने खालको हुन्छ भन्ने सुनेको थिएँ । त्यस्तो खालको तालीम गर्न म निकै उत्सुक र लालायित थिएँ । खाना खाईसकेपछि क. हिमाल, क. रामजी, क. भीमसेनको टोली पनि आईपुग्यो । त्यसपछि अलि रमाइलो लाग्न थाल्यो ।

गुरिल्लाहरू त अरु पनि रहेछन् है जस्तो लाग्थ्यो । बाँडेगाउँको प्रशिक्षणमा भिमसेन र चेतनाको जनवादी बिबाह हुँदा क. चेतनालाई गुरिल्ला स्क्वायडको सदस्य भनेर सम्बोधन गरेको सुनेको थिएँ । त्यति बेला नै मलाई अचम्म लागेको थियो ।

संगठनका जिम्मेवारी लिएका कमरेडहरूबीच केही घन्टा बैठक बस्यो । बैठकमा के के कुरा भयो ? त्यो त हामीलाई थाहा भएन । तर  हामीलाई सुत्ने जानकारी चाहिँ आयो । सुत्ने जानकारी त किन आएछ भने भरे राति हिंड्नु पर्ने रहेछ । पालैपालो सेन्ट्रीको व्यबस्था मिलाएर हामी सुत्यौं । भरे राति कता जाने होला भन्ने कौतुहलताले निद्रा भने फिटिक्कै लागेन । कतै कार्वाहीमा जाने हो कि ! गुरिल्ला तालिम गर्न जाने हो ? हृदयमा मनोवादको हूरी निकै जोडतोडले चल्यो ।

बेलुकीको खाना खाएपछि साँझ पर्नासाथ तयारी हुने खबर आयो । हामी सबैले आ-आफ्नो झोला बोकेर तयार भयौं । जब झमक्कै साँझ पर्‍यो । अनि हाम्रो यात्रा शुरु भयो ।

अन्धकार रातलाई चिर्दै हाम्रो यात्रा निरन्तर अघि बढ्यो । दशैको समय थियो । बाटामा टीका थाप्न आफन्तकोमा हिंडेका मान्छेहरू भेटिन्थे । हामी केही नबाली भूत जस्तै चुपचाप हिंडिरहन्थ्यौं । बाटामा फेरि एक हुल जँड्याहासँग झगडा पर्‍यो । पेस्तोल देखाएर मात्र उनीहरू भागे । नभए त्यहीँ ठूलो झडप पर्ने सम्भावना  थियो ।

रात आफ्नै गतिमा सुलुलुलु चिप्लिरहेको थियो  । हामी चिप्लिरहेको रातसँगै हिंडिरहेका थियौं । राति हिंड्न बानी नपरेको मान्छे । म हिंड्दाहिंड्दै बाटैभरि निदाउने रहेछु । बाटैभरि सपना देख्ने रहेछु । गमरंग खाल्डोमा परेपछि मात्र ब्युँझिने रहेछु । हौ साहिँला क्रान्तिकारी जीवन त मापाको पो हुँदोरहेछ भन्ने लागिरहेको थियो । तर पनि गुरिल्ला बन्ने आशाले हिंड्नै परेको थियो । रातभर हिंडेपछी उज्यालो हुने बेलामा बल्लतल्ल पवटी एक जना कमरेड (कमलकान्त ओली ) को घरमा पुग्यौं । हुन त उनी किसान संघको जिल्ला अध्यक्ष रहेछन् । संगठित मान्छे नै रहेछन् । जे होस त्यतिबेलाको अप्ठ्यारो घडीमा पार्टी र संगठनलाई बचाएका रहेछन । उनीसँग पनि संगठनको बारेमा केही भलाकुसारी भयो । उनी पनि उर्जाशील मान्छे रहेछन ।

एकछिन सुतेपछी फेरि उनको खेतमा धान काट्न गईयो । जनदिशा भनेको कुरा त्यसरी लागू हुने रहेछ । जनताको कामहरूमा एकाकार हुने । जनतालाई सघाउने कुरा त बल्ल यहाँ आएर लागू भयो । हुन त पिस्कर हत्याकाण्डपछि अमृतकुमार बोहराहरू हाम्रो गाउँमा आएर आरा काट्ने, बारीमा ढुंगाको गार्‍हो लगाउने काम नगरेका होइनन् । स्वार्थ पूरा भएपछि कता हराए ? केही पत्तो पाईएन । त्यो पनि एक खालको जनदिशा नै थियो । आफूले व्यबहारमा लागू गरेपछि बल्ल थाहा भयो ।

एउटा स्वाँरा खेतको धान काटीसकेपछि घर फर्केर खाना खाएर आराम गरियो । असली क्रान्तिकारी जीवन त बल्ल पो शुरुआत भयो । अनि फेरि बेलुकी  साँझ परेपछि उही भूतको यात्रा शुरु भयो । फेरि रातभर हिंडेपछी  उज्यालो हुने शंकर लामा (भिमसेन) को घर तत्कालीन घ्याङ सुकाठोकर गा.वि.स. को मुकुनेमा पुगियो । त्यहाँ पुगेपछि बल्ल सन्तोषको स्वास फेरियो । किनकि त्यो ठाउँ त्यतिबेला आधार ईलाका जस्तै रहेछ । जे जे गरे पनि खुल्लमखुला गर्न पाईने रहेछ । जनताहरू पनि ईमान्दार र क्रान्तिकारी रहेछन् । त्यहाँ केही दिन बस्दै क्रान्तिका थप योजनाहरूमा लाग्यौं ।

एक छापामारको डायरी – धेरै हतियार कब्जा भएको मोर्चा, “ठोकर्पा रेड”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...