तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै

कोरियाको सुवन शहरमा चलचित्र “मैझारो” प्रदर्शन हुने भएको छ। भोजपुर परिवार दक्षिण कोरिया को कोष अभिबृद्धी गर्ने उदेश्य सहित नोभेम्बर १६ तरिक सुवनको मेगाबक्समा चलचित्र प्रदर्शन गर्न लागेको हो। चलचित्रको अग्रीम बूकिङ पनि खुलेको हुनाले 010-5035-5831 मा सम्पर्क गरेर सिट सुरक्षित गर्न सकिने छ। चलचित्र दिउँसो १२ बजेदेखि प्रदर्शन हुने आयोजकले जनाएको छ। सुवन स्टेसनको गेट ११ बाट हिँडेर वा गेट ९ बाट ११,१३,३५,४६ नम्बरको बस चढेर 팔달문 स्टपमा ओर्लिएरफुर्सदमा
कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’

बहु प्रतिक्षित चलचित्र जारी २ कोरियाको विभिन्न शहरमा आक्रमक रुपले प्रदर्शन हुने भएको छ। बल्क बस्टर चलचित्र जारीको सिक्वेलको रुपमा निर्माण भएको यस चलचित्रलाई कोरियामा किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले वितरणको जिम्मा लिएको छ। चलचित्र जारी २ नोभेम्बर ८ तारिख नोसान र इक्सानमा साथै नोभेम्बर ९ तारिख फाजु, सुवन , बुसान, किम्पो र मोक्पोमा प्रदर्शन हुने भएको छ। यसैगरी जिन्छनमा नोभेम्बर १६ मा प्रदर्शन हुँदैछ भने जोछिवनमा नोभेम्बर २३फुर्सदमा
नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’

नेपालमा प्रदर्शन भैरहेको हिट चलचित्र रिमै कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुने भएको छ। नोभेम्बर २ तारिख तमुधीं कोरियाको आयोजनामा शौल ग्राण्ड शो हुदैँछ भने मुगुक शो पनि नोभेम्बर २ मा नै हुने भएको छ। यसैगरी नोभेम्बर ९ तारिख तमुधीं थेगु शाखाको आयोजनामा थेगुमा र माजन एफ सीको आयोजनामा माजनमा दोश्रो हप्ताको शो हुने तय भएको छ। यसैगरी नोभेम्बर १६ मा छुङ्जुमा छुङ्जु नेपाली समाजद्वारा प्रदर्शन गरिने भएको छ। यसपछिफुर्सदमा
कोरियामा कुमारी

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) आइतबार सम्पन्न भएको छ। १६ वटा मुलुकको सहभागिता रहेको २० औं माम्फ कार्यक्रममा तीन दिनसम्म सहभागी राष्ट्रहरूले आ–आफ्नो मौलिक कला, भेषभूषा र संस्कृति प्रर्दशन गरेका थिए। माम्फको विशेष आकर्षण धामुन्ह्वा परेडमा यो पटक नेपालको तर्फबाट नेवारी समुदायको कुमारी रथ यात्रा , लाखे नाच र धिमे नाचलाई प्रस्तुत गरिएको थियो। नेपालको तर्फबाट गरिएको औपचारिक कार्यक्रममा महामहिम राजदूतफुर्सदमा
सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा

तमू धीं दक्षिण कोरियाले चलचित्र ‘रिमै’ प्रदर्शन गर्ने भएको छ। चलचित्र नोभेम्बर २ तारिखका दिन दिउसो १२ बजेदेखि दोङ्देमुन स्थित 종로구민회관 को हलमा प्रदर्शन हुनेछ। दोङ्देमुन स्टेसन ३ नम्बर गेटबाट हिँडेरै हलसम्म पुग्न सकिने छ। संस्थाले “अक्षयकोष स्थापना गरी नेपालमा गरीब तथा जेहन्दार तमू बिधार्थीहरुलाई आर्थिक सहयोगार्थ” चलचित्र प्रदर्शन गर्न लागेको अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन्। तमू जातिको संस्कार र संस्कृतिमा आधरित चलचित्र “रिमै” मा एक दशक पछि दर्शकलेफुर्सदमा
नवौं रेसुङ्गा भलिबल कप २०२५ उपाधी गुल्मीको पोल्टामा, उपविजेता सुदुरपश्चिम समाज

कोरिया स्थित गुल्मी सम्पर्क समितिको आयोजनामा सम्पन्न नवौं रेसुङ्गा भलिबल कप २०२५ मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी गुल्मी सम्पर्क समितिले चुमेको छ । सुवन सहरको आजु युनिभर्सिटीको खेलमैदानमा अक्टोबर ५ सम्पन्न भएको उक्त प्रतियोगिताको फाईनलमा सुदुरपश्चिम समाजलाई फाईनलमा हराउँदै गुल्मीले नगद २५ लाख, ५५ हजार ५ सय ५५ कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुदुरपश्चिमफुर्सदमा
अर्ली बर्डमा नवाज अन्सारीको टिकट सोल्ड आउट, जिमनीबाट भने बूक गर्न सकिने

नेपकोर इन्टरटेनमेन्टले अक्टोबर ५ तारिख साँझ गर्ने नवाज अन्सारीको टिकट अर्ली बर्ड अनलाइनमा सोल्ड आउट भएको छ। तर कार्यक्रमको टिकट जिमनी अनलाईनमा भने अझै उअलब्ध रहेको छ। आयोजकले अनलाइन बूक गर्नेहरुलाई सहुलियत दर ३० हजार वनमा टिकट बिक्रि गरिरहेको छ भने कार्यक्रमको दिन डोर सेल भने ४० हजार वन रहेको छ। पछिल्लो समय यूवापुस्ता माझ रुचाइएका गायक अन्सारी विशेषतः र्याप हिपहप विधाका हुन्। उनको बबाल, ढाका टोपि मैलो, काजु लगायतकाफुर्सदमा
नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित

कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित भएको छ। कोरियाका लागि वितरक किरात याक्थुङ चुम्लुङ छल्लादोले एक विज्ञति जारी गर्दै उक्त विषयमा जानकारी गराएको हो। बाँसुरी फिल्मस प्रा लीले शोक वक्तव्य मार्फत जेनजी आन्दोलनको विषम परिस्थितिमा मनोरञ्जनात्मक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ। वक्तव्यमा चलचित्र कहिले प्रदर्शन गरिने उल्लेख गरिएको छैन्। कोरियाका वितरकले दर्शकमा पर्न गएको असुविधाप्रति क्षमा माग्दै आगामि मिति तय भएपछि दर्शकलाई जानकारी गराउने भएको छ। यहिँ सेप्टेम्बर २१फुर्सदमा
कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) यहि अक्टोबर २४, २५ र २६ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको २० औं माम्फमा हरेक वर्ष झैं यो पटक पनि नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकको सहभागिता रहने छ। तीन दिनसम्म चल्नेफुर्सदमा
कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित

कोरियामा पहिलो पटक गायक सुजन चापागाईको प्रस्तुति हुने भएको छ। छुसकको अवसरमा उनले आफ्नो व्यण्ड सहित प्रस्तुति दिनेछन्। पाँचथर सेवा समाजले अक्टोबर ५ तारिख कार्यक्रम गर्ने भएको छ। समाजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुजन चापागाईलाई व्याण्ड सहित कोरिया उतार्ने निश्चित भएको उल्लेख गरेका छन्। साथै अध्यक्ष रमेश लावतीले कलाकारहरुको भिसा प्राप्त भएको पनि अवगत गराएका छन्। सुजन चापागाईं प्रेममुखी र रोमान्टिक गीतहरू मार्फत युवा वर्गमा विशेष रुचाइएका कलाकारफुर्सदमा