तपाईं अहिले Breaking News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा

विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६१ औं डुक ल्हो (सला पुख्री ल्हो) सर्प वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रलले सलनालको पहिलो दिन “दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ ल्होछार बृहत सॉस्कृतिक कार्यक्रम-२०२५” को आयोजना गर्ने भएको हो । जनवरी २८ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ ।   यसको लागि समुर्णफुर्सदमा

जनवरी २६ तारिख सुवनको मेगाबक्समा चलचित्र “कार्साङ” प्रदर्शन हुने

बहुप्रतिक्षित चलचित्र कार्साङ कोरियाको सुवनमा प्रदर्शन हुने भएको छ। जनवरी २६ आइतवारका दिन सुवन स्थित अत्याधुनिक सुविधा सम्पन्न मेगाबक्स हलमा लाग्ने निश्चित भएको हो। चलचित्रलाई माङ्गेन्ना इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो। कार्साङमा दयाहाङ राई, सिर्जना निङ्लेखु, जीतु नेपाल, दिया मास्के, यासेलि योङ्हाङ आदिको अभिनय हेर्न सकिन्छ। चलचित्रलाई याम शेर्पाले लेखन तथा निर्देशन गरेका छन्। आपतकालिन राहत कोष स्थापनार्थ यस चलचित्रको पहिलो सौल शो सफलापूर्वक सम्पन्न भैसकेको छ।

थारु कल्याणकारिणी सभा कोरियाले जनवरी २९ मा माघि पर्व मनाउँदै

थारु समुदायको नयाँ वर्ष ” माघी पर्व” कोरियामा मनाइने भएको छ। थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले थारु संवत २६४८ लाई शुभकामना आदानप्रदान एवम साँस्कृतिक कार्यक्रम गरि जनवरी २९ तारिख मनाउने तयारी गरेको छ। सौल स्थित 차차차 को पार्टी हलमा कार्यक्रम हुने निश्चित भएको अध्यक्ष अ्मर चौधरीले जानकारी गराएका छन्। ट्रेन लाइन २/४ को 신당 स्टेसनको १/१२ गेटबाट कार्यक्रम स्थल जान सकिने छ। हरेक वर्ष मनाइने माघि पर्वमा विभिन्न साँस्कृतिक झाँकिफुर्सदमा

जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय

कोरिया सरकारले सलनालको अघिल्लो दिन जनवरी २७ तारिख सार्वजनिक विदा दिने निर्णय गरेको छ। बुधवार सरकार र विपक्षि दलको “आपतकालिन आर्थिक स्थिरता” का लागि बसेको संयुक्त बैठकले “अस्थायी सार्वजनिक विदा ” दिने निर्णय गरेको हो। यो विदा ५ जनाभन्दा कम श्रमिक भएको कम्पनी र कृषि तथा पशुपालन व्यवसायमा काम गर्ने कामदारको हकमा भने लागु नहुने प्रवासी मजदूर संगठनका अध्यक्ष उदय राईले फोनिज कोरियालाई जानकारी गराएका छन्। यो वर्ष सलनाल २८फुर्सदमा

महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

यसै महिनाको सुरुमा महाभियोग लगाइएका र त्यसपछि निलम्बनमा परेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक यउलविरुद्ध सोलस्थित एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ। उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ। त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ। तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउफुर्सदमा

सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट

सुदुरपश्चिम समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा एवम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले महेश भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। डिसेम्बर २९ आइतवार सौल स्थित दोङ्देमुनमा अधिवेशन सम्पन्न भएको थियो। नव गठित समितिमा वरिष्ठ उपाध्यक्ष गणेश खड्का, निर्वाचित भएका छन्। यसैगरि उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट रहेका छन भने महासचिवमा नवराज तिमिल्सिना चयन भएका छन्। समितिको सचिवद्वय तिर्थराज पनेरू र कमल बिष्ट चयन हुँदाफुर्सदमा

बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित

बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको अध्यक्षमा सरोज केसी सर्वसम्मतिले निर्वाचित भएको छ । सौल दोङ्देमुनमा भएको चौथो अधिवेशनले अध्यक्ष केसीसहित ११ जनाको कार्यसमिति चयन भएको हो । आइतबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवीन श्रेष्ठ, उपाध्यक्षमा आदेश खड्का, रमेशराज खरेल, महिला उपाध्यक्षमा जयन्ती घिमिरे र महासचिवमा वेदनाथ आचार्य चयन भएका छन् । त्यस्तै सचिवमा राजन अधिकारी, श्याम तामाङ, कोषाध्यक्षमा निर योन्जन तामाङ चयन भएका छन् । जिल्ला संयोजकहरूमा दीपेन्द्र सिम्खडाफुर्सदमा

नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम

कोरियाका लागि राजदूत डा शिवमाया तुम्बाहाङ्फे कोरिया अवतरण भइसकेकि छन्। महामहिम सहित ३ सदस्यीय टोली कोरिया आइपुगेका हुन्। अवतरण पश्चात कार्यबाहक राजदूत डा पुष्प राज भट्टराई लगायत, राजनैतिक दल एवम अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले विमानस्थलमा नै स्वागत गरेका थिए। दूतावसका अनुसार आज शनिवार विदा परेकोले महामहिम निवास प्रस्थान हुने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। भोली अर्थात डिसेम्बर २९ का दिन राजनैतिक दलका प्रवास संगठन नेपाली सम्पर्क समिति,फुर्सदमा

कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै

लिम्बू समुदायको महान चाड चासोक तङनाम कोरियाको मोक्फो सहरमा मनाइने भएको छ। किरात याक्थुङ चुम्लुङ छल्लादो शाखाले पहिलो पटक चासोक मनाउन लागेको हो। कार्यक्रम डिसेम्बर २९ का दिन 영암근 मा हुने तय भएको छ। चासोक तङनाममा लिम्बू जातिको मौलिक नाच केलाङ, यालाङ साथै मौलिक परिकार पनि रहने छ भने पालाम हाक्पारे जस्ता लिम्बू मौलिक गीतहरु पनि प्रस्तुत हुने अध्यक्ष गणेश लिम्बूले फोनिज कोरियालाई जानकारी गराएका छन्। गायन तर्फ पेपराज माबोहाङ,फुर्सदमा

खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै

अमिर याेञ्जन । ‘खोटाङ हलेसी साङ्गीतिक सौगात भाग ५’ लाइभ इन सउल कार्यक्रमको लागि नेपालको चर्चित गायक सबिन राईको फारोह ब्यान्ड कोरिया आउने भएको छ । खोटाङ सेवा समाज कोरियाले आयोजनामा कोरियन नयाँ वर्ष सलनालको अवसरमा आगामी जनवरी २९ मा हुने कार्यक्रमको लागि सबिन राईको ब्यान्डसँगै चर्चित गायक गायिका आउने भएका छन् । डिसेम्बर २२ आइतबार पूर्वी नेपाल समाजको हल दोङ्देमुनमा संयुक्त रूपमा पोस्टर सार्वजनिक गर्दै कलाकार, कार्यक्रमको स्थान, मिति,फुर्सदमा

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...