Advertisement
SKIP THIS

तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए

ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले वृहत देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। अक्टोबर २६ आइतवारका दिन ह्वासङ विदेशी कल्याणकारी केन्द्रको हलमा कार्यक्रम आयोजना गरेको थियो। तिहारको झल्को दिएर नेपालको याद दिलाउने उक्त कार्यक्रममा नेपाली मौलिक परिकार सेलरोटी, विभिन्न अचार, तरकारी आदि मिष्ठान्न भोजन रहेको थियो। कार्यक्रममा सानी नानी केल्बिना खत्रीको नृत्यले सबैको मन जितेको थियो। यसैगरी ह्वासङ साँस्कृतिक टोलीले पनि आफ्नो प्रस्तुती दिएका थिए। सामूहिक देउसी भैलो खेलेर माहोल निकैफुर्सदमा

पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न

पूर्वी नेपाल समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रम सम्पन्न गरेको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २५ तारिख शनिबार बेलुकि दोङ्देमुन स्थित गोर्खा ग्रील्सको सभा हलमा आयोजना गरिएको थियो। तिहार विशेष कार्यक्रममा विभिन्न नेपाली परिकारहरु राखिएका थिए। रात्रीभोज सँगै अन्तमा सामूहिक देउसी भैलो समेत खेलिएको थियो।एम टि यू अध्यक्ष उदय राईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्नफुर्सदमा

नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण

दक्षिण कोरियामा रहेका दुई राजनैतिक संगठन नेपाली जनप्रगतिशिल मञ्च र प्रवासी नेपाली एकता मञ्चबीच एकता भएको छ। अक्टोबर १९ आइतवार दोङ्देमून स्थित नेपाली थाईको सभाहलमा एकता घोषणा सभा आयोजना गरी नेकपा(माओवादी केन्द्र) को प्रवास संगठन र नेकपा एकीकृत समाजवादीका प्रवास संगठन एक भएका हुन् । अहिलेका लागि संगठनको नाम ‘ नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरिया’ नै रहने भएको छ। पछि पार्टी केन्द्रको थप बहस, छलफल र सर्कुलरबाट नाम टुङ्गो लगाउनेफुर्सदमा

पूर्वी नेपाल समाजले दीपावली विशेष शुभकामना आदानप्रदान एवम देउसी भैलो आयोजना गर्दै

पूर्वी नेपाल समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २५ तारिख शनिबार बेलुकि गरिने निर्णय भएको सरोकार समाजका कार्यबाहक अध्यक्ष डम्बर बिक्रम मुखियाले जनाएका छन्। निक नेपाल ट्राभल्सको हलमा गरिने कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसीफुर्सदमा

टियस राईको नेतृत्वमा खोटाङ सेवा समाज दक्षिण कोरियाको नयाँ कार्यसमिति

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले टियस राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित सेमाउल सभाहलमा अधिवेशन सम्पन्न भएको थियो। नव–निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कुमार खड्का, उपाध्यक्षहरूमा फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा र काशी निरौला निर्वाचित भएका छन्। त्यसैगरी, महासचिवमा कला राई, सचिवमा सुरज लिम्बु र कोषाध्यक्षमा अनिला राई चयन भएका छन भने सदस्यहरूमा मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराजफुर्सदमा

जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने

  नेपालमा भइरहेको जेनजीको आन्दोलनलाई समर्थन गर्दै कोरियामा पनि प्रदर्शन हुने भएको छ। सौल स्थित नेपाली राजदूतावासमा आगामी शुक्रवार  बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म शान्तिपूर्ण धर्ना हुने जनाइएको छ। यस शान्तिपूर्ण विरोध सभाका लागि सौल प्रहरी प्रशाशनबाट अनुमति लिएको एक अभियन्ता येमन सेनले फोनिज कोरियालाई जानकारी गराएकि छन्। प्रहरी प्रशाशनलाई नेपालको वर्तमान घटनाक्रम विस्तृत रुपमा जानकारी गराएर अनुमति लिइएको र यो धर्ना कार्यक्रम कुनै संघ संस्थाबाट परिचालित नभएर स्वस्फुर्तफुर्सदमा

कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित

कोरियामा पहिलो पटक गायक सुजन चापागाईको प्रस्तुति हुने भएको छ। छुसकको अवसरमा उनले आफ्नो व्यण्ड सहित प्रस्तुति दिनेछन्। पाँचथर सेवा समाजले अक्टोबर ५ तारिख कार्यक्रम गर्ने भएको छ। समाजले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सुजन चापागाईलाई व्याण्ड सहित कोरिया उतार्ने निश्चित भएको उल्लेख गरेका छन्। साथै अध्यक्ष रमेश लावतीले कलाकारहरुको भिसा प्राप्त भएको पनि अवगत गराएका छन्। सुजन चापागाईं प्रेममुखी र रोमान्टिक गीतहरू मार्फत युवा वर्गमा विशेष रुचाइएका कलाकारफुर्सदमा

राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन सेप्टेम्बर ७ मा हुने

  १४ अगष्ट २०२५, कोरिया “हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुध्द सामाजिक कामका लागि राप्ती समाजको एकता”भन्ने मुल नाराका साथ सन् २००६ सालमा स्थापित राप्ती समाज दक्षिण कोरियाको सातौं अधिवेशन यहि सेप्टेम्बर ७ मा नेपाल थाईको सभाहलमा हुने भएको छ । दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीवासी तथा सम्पुर्ण नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाज दक्षिण कोरियाको छैठौं कार्यसमितिको सफलतापूर्वकफुर्सदमा

आइतवार वृहत भेलाद्वारा NCC को विधान संशोधन गरिदैँ

नेपाली सम्पर्क समिति दक्षिण कोरियाको विधान संसोधन गरिने भएको छ। अगस्ट १७ तारिख आइतवार वृहत भेलाले विधान संसोधन गरिने वरिष्ठ उपाध्यक्ष हर्क विष्टले जानकारी गराएका छन्। कार्यक्रम दोङ्देमुन स्थित सेमाउल बैंकको हलमा हुने तय भएको छ।   यस संस्थालाई दक्षिण कोरियामा रहेका संघसंस्थाहरुबीच एकता र सहकार्यका लागि पहल गर्ने संस्थाको रुपमा चिनिन्छ। देश प्रदेश संरचनामा गएपछि कोरियामा पनि प्रदेश स्तरिय संस्थाहरुको स्थापना भएको छ। प्रदेश स्तरिय संस्थाहरुसँग सहकार्य गर्ने गरिफुर्सदमा

माङ्गेन्ना इन्टरटेनमेन्ट र बहुसाँस्कृतिक आप्रवासी सहायता केन्द्रबीच सम्झौता

जुलाई २७ मा, बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्ट बीच एक सम्झौता भएको छ। नेपाली समुदायहरू बीच सांस्कृतिक सद्भाव बढाउन र बहुसांस्कृतिक परिवारहरू बीचको आदानप्रदानलाई बढावा दिन “नेपाली समुदाय सद्भाव सांस्कृतिक महोत्सव” लाई संयुक्त रूपमा प्रवर्द्धन गर्न समझदारी पत्र (MOU) मा हस्ताक्षर गरिएको छ। यो सम्झौताले महोत्सवको योजना, तयारी र कार्यान्वयनको लागि एक सहयोगी प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ, पारस्परिक सहयोग र बलियो सञ्जालहरूमा निर्माण गर्दै दुई संस्थाहरूलेफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...