तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न

कवि शकुन आँसुद्वारा लिखित कविता संग्रह “नवयुगकि सुम्निमा” को कोरियामा समिक्षागत चर्चा कार्यक्रम सम्पन्न भएको छ। इतर अभियानले गत आइतवार दोङ्देमुन स्थित सेमाउल सभाहलमा कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा आयोजकले ३ वक्ताहरुलाई फरक फरक विषयमा आफ्नो धारणा प्रस्तुत गर्न लगाएका थिए। वक्ता दिपक खनालले “राजनितिक चेतना, दर्शन, भूगोल र विश्व दृष्टिकोण ” विषयमा आफ्नो विचार राखेका थिए। उनले कृतिमा राजनितिक दर्शनभन्दा साँस्कृतिक पहिचानको नजिक रहेको उल्लेख गर्दै आगामी संग्रहमाफुर्सदमा
म त्यही अनुहार हूँ

`म त्यही अनुहार हुँ´ जिन्दगीको आकाशमा इन्द्रेणी सँगै बाँचिरहनु पर्ने – च्याब्रुङहरू तर किन चिहानमा छु भनेर चिच्याउँदै छ सङग्रहालयको वस्तीबाट हाक्पारे गाउँदै समय सँगै बगिरहनु पर्ने – खोलाहरू तर किन चुपचाप चुपचाप जमिरहेको छ दह भएर हृदयको थुम्कीमा पहाडको शीरमा शीरफूल बनेर फुलिरहनु पर्ने – सेक्मुरीहरू तर किन फुल्न नपाउँदै झरिरहेको छ दुखको अक्करे भीरहरूबाट हुर्रा नाच्दै जङ्गलमा उडिरहनु पर्ने – चराहरू तर किन रीसको आगो ओक्लदै छ भञ्ज्याङ्कोफुर्सदमा
विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा कवि तिर्थराज विश्वकर्मा प्रथम

नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ। मे १८ तारिख आइतवार साँझ जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा सार्वजनिक गरिएको थियो। ३ दर्जन बढि प्रतिस्पर्धीलाई पछि पार्दै धरानका कवि तिर्थराज विश्वकर्मा प्रथम भएका छन्। उनको “म त्यहिँ अनुहार हूँ” शिर्षकको कविताले प्रथम स्थान हाँसिल गरेको हो। यसैगरी दोश्रो हुनेमा रोल्पाका कवि कमल विवश मगरको “वर्ग विज्ञापन र अठोट” रहेको छ भने रोल्पाकै कविफुर्सदमा
विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ कोरियाले आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक मे १८ तारिख आइतवार साँझ ९:३० बजे जुम भर्जुअल कार्यक्रम मार्फत नतिजा प्रकाशन गरिने संयोजक शुभराज बोम्जनले जानकारी गराएका छन्। प्रतियोगितामा प्रथम हुनेले ५ लाख वन द्वितिय हुनेले ३ लाख वन र तेस्रो हुनेले २ लाख वन प्राप्त गर्नेछन भने ३ जना सान्त्वना हुनेले १/१ लाख वन प्राप्त गर्नेछन्। केहि महिना अघिदेखिफुर्सदमा
सलनाल २०२५ र हिउँफूल “संस्मरण” – मातृका नेम्बाङ

यसपटक चाईनिज तथा कोरियन नयाँ बर्ष सल्नालमा लामो(एक हप्ता) विदा हुने कुराले म पहिल्यै देखि उत्साहित थिएँ। सल्नाल विदामा हुन लागेका कार्यक्रमहरुको प्रचार प्रसार पहिल्यै देखि तिब्र गतिमा भइरहेको थियो। मेरा लागि भने यस पटकको सल्नाल सौल केन्द्रित कार्यक्रमहरुको अतिरिक्त मेरा सहपाठी मित्र किरण बन्जाडे लगायत छिमेकीहरुसँग पारिवारिक पिकनिक जाने योजना भएको थियोे। अब भने प्रतिक्षारत कोरियन चाड एकाएक हाम्रो नजिक आइपुग्दै थियो। कम्पनी महाजन बाट बोनस रकम पाइने आशालेफुर्सदमा
गायिका ईन्द्रेणी लोप्चन तामाङले ‘भन भन च्याङबा’ ल्होछार गीतको भिडियो सार्वजनिक गरिन

गायिका ईन्द्रेणी लोप्चन तामाङले ल्होछार विशेष सांगितीक कोसेली ‘भन भन च्याङबा’को म्युजिक भिडियो शुक्रबार आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी छिन । गायक, गीतकार तथा संगीतकार जीवन बोम्जन तामाङको तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछार विशेष शब्द रहेको गीतमा गायिका ईन्द्रेणी लोप्चन तामाङ र गायक अर्पण थिङ तामाङको स्वर रहेको छ । यो म्युजिक भिडियोमा तामाङ चलचित्र, गीत संगीतमार्फत समुदायमा लोकप्रिय कलाकार, नायक अमिर दोङ तामाङ र मिस तामाङ २०२४फुर्सदमा
सलनालमा बृहत साहित्य मेला आयोजना हुँदै

कोरियन नयाँ वर्ष सलनालको अवसरमा यही जनवरी २८ तारिक “बृहत् साहित्य मेला २०२५” आयोजना हुने भएको छ । नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आयोजनामा कोरिया सउलको दोङ्देमुन स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल (서울특별시 종로구 창신동 315-2, 2층) मा दिउँसो १२:३० बजेदेखि शुरु हुने गरी सो कार्यक्रम आयोजना हुने प्रतिष्ठानका अध्यक्ष निर्दोष शिवले जानकारी दिए । उक्त बृहत् साहित्य मेला २०२५” मा मुक्तक, गजल, कविता र हाइकु विधामा विभिन्न दमदार प्रस्तुतिफुर्सदमा
दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम २०८१ असाेज २८ गते सोमबार महाकुलुङ गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जना साहित्यकारहरू आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्यकारहरू गजल, मुक्तक, हाइकु, कविता ,लघुकथा वाचन गरि सुनाएका थिए । भाषा र साहित्यको विकास तथा संरक्षणको उद्देश्य सहित स्थानीय साहित्यकार मनुहाङ किराती साेलुको प्रयासमा आयोजित साहित्यिक कार्यक्रममा स्थानीय साहित्यमा योगदान पु¥रयाउने १ जना लाईफुर्सदमा
गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक

गायक, गीतकार तथा संगीतकार जिबन बोम्जन र गायिका सुसिता तामाङको नयाँ तामाङ सेलो ‘बुँईकले झ्यालैमा’ शनिवार Jivan Bomjan Tamang युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । यस गीतमा गायक जिवनको शब्द, वरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङको संगीत रहेको छ । यो म्युजिक भिडियोमा प्रतिक ङेसुर, स्वयम गायिका सुसिता तामाङ, रितिका तामाङ, जगत बहादुर तामाङ र लाक्पा दोर्जेको उत्कृष्ट अभिनय देख्न सकिन्छ । उक्त गीत लाक्पा दोर्जे लामाको नृत्य निर्देशनफुर्सदमा
